logo
  • मङ्लबार, भदौ ९, २०८३ / Tuesday, Aug, 25 ,2026

हरिपुर्वामा दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिपुर्वा, ०६ भदौ – हरिपुर्वा नगरपालिका-३, काब्रिस्थानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार ज ११ प १२१३ र प्रदेश २-०२-००३ प ११७५ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ज ११ प १२१३ नम्वरको मोटरसाइकल पछाडि सवार हरिपुर्वा नगरपालिका-३ बस्ने ४० वर्षीय कारी पमरियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश २-०२-००३ प ११७५ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका-१५, सोकनाह बस्ने ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन् । दासको जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार ज ११ प १२१३ नम्वरको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका-३, बस्ने २६ वर्षीय अदुत शेखलाई पक्राउ गरिएको छ ।