logo
  • शुक्रबार, भदौ ५, २०८३ / Friday, Aug, 21 ,2026

लालबन्दीमा १५६ जनाद्वारा रक्तदान


  • उज्यालो अभियान

लालबन्दी, ०५ भदौ – सर्लाहीको लालबन्दीमा आज समाज सेवा प्रभाग, ब्रह्माकुमारीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १५६ जनाले रक्तदान गरेका आयोजकका गोकर्ण पौडेलले जानकारी दिए । लालबन्दी नगरपालिका ७ स्थित स्वदर्शन भवन ओमशान्ति चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी जनकपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको आयोजकका पौडेलले बताए । रक्तदान कार्यक्रमको आज बिहान लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा यस क्षेत्रका विद्यार्थी, सामाजिक व्यक्तित्व, सुरक्षाकर्मी, स्थानीयवासीलगायत भएर रक्तदान गरेका छन् ।