logo
  • शुक्रबार, भदौ ५, २०८३ / Friday, Aug, 21 ,2026

मलंगवामा ट्याक्टरको ठक्करबाट युवतीको ज्यान गयो


  • उज्यालो अभियान

भदौ, ०५ भदौ – सदरमुकाम मलंगवामा आज बिहान ट्याक्टरको ठक्करबाट एक युवतीको ज्यान गएको छ

मलंगवा नगरपालिका–८, नेपाल बैंक चोकमा ज १ त ५२४६ नम्वरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रु गोडैता नगरपालिका–५ बस्ने सत्यनारायण प्रसाद गुप्ताकी छोरी २३ वर्षीया गुरिया कुमारीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालक गोडैता नगरपालिका-११, बस्ने १७ वर्षीय अजय साहलाई पक्राउ गरिएको छ ।