logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालविवाहविरुद्ध साइकल र्याली


  • उज्यालो अभियान

 

श्रीनगर, ०४ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका-१४, मा आज बिहान बालविवाहविरुद्ध साइकल र्याली निकालिएको छ ।

वडा बाल अधिकार समिति र जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल क्लबले ग्रामीण नारी उत्थान संघ हरिपुरको आर्थिक सहयोगमा सचेतनामूलक साइकल र्याली निकालेका हुन् । २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यसहित निकालिएको साइकल र्यालीमा विद्यार्थी, शिक्षक, वडा बाल समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

बालविवाहमुक्त वडा घोषणा गर्ने अभियान अन्तर्गत सचेतनामूलक साइकल र्याली निकालिएको हो ।

ईश्वरपुर नगरपालिका-१४, श्रीनगर, हरहठवा क्षेत्रमा पछिल्लो समय बालविवाह कम हुँदै गएको पाइएको ग्रामीण नारी उत्थान संघकी फिल्ड सुपरभाइजर बिन्दा लुंगेलीले जानकारी दिइन् ।