logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

सर्लाहीको चुरेभेगमा भारी वर्षा


  • उज्यालो अभियान

अहिले अपरान्ह लालबन्दीबाट उत्तर देखिएको चुरेवर्ती क्षेत्रको मौसमको अवस्था । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २७ साउन – सर्लाहीको उत्तरी चुरेवर्ती क्षेत्रका केही ठाउँमा विगत एक घण्टादेखि निरन्तर पानी परिरहेको छ ।

चुरेभेगको घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोलालगायत क्षेत्रमा ठुलो पानी परिरहेको स्थानीयले बताएका छन् । जिल्लाको महेन्द्र राजमार्गस्थित लालबन्दी र आसपासको क्षेत्रमा पनि अहिले सिमसिमे पानी परिरहेको छ ।

सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा पनि पानी नपरेको तर मौसम धुम्मिएर पानी पर्ला जस्तो भएको स्थानीयले जानकारी दिएका छन् ।

दिउँसोसम्म टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी रहेका बेला अहिले कतै पानी पर्ने र कतै मौसम धुम्मिएर शित्तल हुँदा स्थानीयले राहत पाएका छन् । दुई दिनदेखि चर्को गर्मी खेपिरहेका स्थानीय अहिले भने मौसम शित्तल हुँदा खुसी भएका छन् ।