logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

सर्लाहीमा आज पनि बिहानैदेखि चर्को घाम, गर्मीले जनजीवन कष्टकर


  • उज्यालो अभियान

लालबन्दी, २७ साउन – सर्लाहीमा आज पनि बिहानैदेखि टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी रहेको छ ।

यसक्षेत्रमा हिजो पनि दिनभर टन्टलापुर घाम लागेर असाध्य गर्मी थियो । रातभरसमेत हपक्क गर्मी हुँदा धेरै स्थानीय राम्रोसँग निधाउन पाएनन् ।

हिजो र आजको चर्को घाम र गर्मीले सर्लाहीवासी हायलकायल भएका छन् ।