logo
  • शुक्रबार, साउन २९, २०८३ / Friday, Aug, 14 ,2026

भर्याङबाट लडेर १८ महिने शिशुको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

कविलासी, २६ साउन – सर्लाहीको कविलासी नगरपालिका ४ हेमपुरमा भर्याङबाट लडेर १८ महिने शिशुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय धीरेन्द्र रायको छोरा १८ महिनाका गोपीचन राय रहेका छन् । बालकलाई मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बालकको शव पोस्टमार्टमका लागि वीरगन्जमै राखिएको छ ।

उनी खेल्नेक्रममा भर्याङबाट लडेको परिवारले बताएका छन् ।