logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भनी रकम लिने पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २५ साउन – प्रहरी हिरासतमा रहेका मानिस छुटाइदिने भनी रकम लिने एक व्यक्ति सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिकाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विष्णु गाउँपालिका–४, का बेचन भन्ने ४० वर्षीय अवधेश चौधरी रहेका छन् । अवधेशले विष्णु ४ कै राजेन्द्र रायसँग मिलेर प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा लिएको पाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

राजेन्द्र भने फरार रहेका प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको डिएसपी गौतमले बताए ।