logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

लालबन्दी तरकारी बजारमा सिक्री लुट्न खोज्ने युवक पक्राउ


  • उज्यालो अभियान

सांकेतिक तस्बीर ।

लालबन्दी, २३ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–७, डुमडुमेस्थित तरकारी बजारमा आज बिहान सिक्री लुट्ने एक युवक तत्कालै पक्राउ परेका छन् ।

तरकारी किन्न भनी बिहानै थोक बजार पुगेका लालबन्दी नगरपालिका–६, जनवादी चोक निवासी सरोजजंग राणाको घाँटीबाट सिक्री लुटपाट गर्ने पर्साको वीरगन्ज महानगरपालिका–२२, चन्डाल चोक बस्ने २० वर्षीय बैद्यनाथप्रसाद राउत पक्राउ परेका हुन् । तरकारी बजारमा भिडभाडको मौका छोपेर राणाले घाँटीमा लगाएको डेढ तोलाको सिक्री राउतले लुट्ने प्रयास गरेका थिए । ु

राउतलाई तत्कालै स्थानीय वासिन्दा भएर नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका हुन् । इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर श्याम थापा मगरले सिक्री लुट्ने कार्यमा संलग्न राउतलाई हिराउतमा राखी थप अनुसन्धान भइरहेको बताए ।

चोरीमा संलग्न राउत लागुऔषध सेवन गरेर लठ्ठ भएको अवस्थामा समातिएका हुन् ।