सोल्टी, २१ साउन – बागमती नगरपालिका–८, सोल्टी कल्याणपुर टोलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
स्थानीय राजकुमार महतोको घरमा शिवचर्चा पूजा भइरहेको बेला माइकबाट हातमा करेन्ट लाग्दा ६५ वर्षीया मानकी देवीको मृत्यु भएको हो ।
करेन्ट लागेर अचेत भएकी मानकी देवीलाई उपचारका लागि नगर अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो ।