हरिवन, १९ साउन – सर्लाहीको हरिवन नगरपालिका-११, मा प्रधान कार्यालय रहेको सगुन बचत तथा ऋण संस्थाले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सोमबार वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा जिल्लाभरबाट १५ वटा विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १५ जना विद्यार्थीलाई सहभागी गराइ प्रतियोगिता सम्पन्न गरिएको हो । वतृत्वकलामा ईश्वरपुर मनकामना इङ्लिस स्कुल बयलवासकी छात्रा इभ्रानिका कुशवाहा पहिलो, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीकी छात्रा प्रभा थापा दोस्रो र नवजीवन विद्याश्रम माध्यमिक विद्यालय जुटपानीकी काजल महतो तेस्रो भएका छन् ।
यस्तै ज्ञानज्योति आवासीय विद्यालय हरिवनकी सयुसा तिमल्सिना, महादेव जनता मावि हरिवका प्रेम झा, सगुन शिक्षा आवासिय मावि हरिवनकी प्रकृति बराल र सनराइज आवासीय मावि हरिवनकी प्राप्ती भट्टराईले सान्त्वना स्थान हाँसिल गरेका छन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुको कमलप्रसाद जोशी, नारायण लामिछाने र राजकुमार उप्रेतीले मूल्याङ्कलन गरेका थिए ।
विद्यार्थीहरुलाई संस्थाका अध्यक्ष केशवप्रसाद ढकालसहित संस्थाका संचालकलगायत भएर सम्मान पत्र, नगदसहित सम्मान गरेका संस्थाका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए ।