logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सासापुरमा बिहानै ट्रकले किचेर साइकलमा सवार व्यक्तिको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन, १८ साउन – पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–४, गणेश चोकमा आज बिहानै ट्रकको ठक्करबाट एक जना साइकल यात्रुको ज्यान गएको छ ।

रोड क्रस गर्न खोज्दा मधेश प्रदेश–०३–००२ ख ११९४ नम्वरको ट्रक किचेर हरिपुर नगरपालिका–५, लक्ष्मीपुरका ५० वर्षीय पंचलाल चौधरीको ज्यान गएको हो । सासापुरकै गेला गाउँमा मजदुरीको काम गर्ने चौधरी झरी परिरहेका बेला बिहान ७ बजेतिर साइकल चढेर आइरहेका बेला दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चौधरी रोकिराखेको बस अगाडिबाट सडक पार गर्न खोज्दा पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई बागमतीबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको छ ।

ट्रक तथा चालकलाई कारवाही अघि बढाउन इलाका प्रहरी कार्यालय हरिवनमा ल्याइएको छ ।