logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा सद्भाव र्याली निकालियो


  • उज्यालो अभियान

बयलवास, १७ साउन – सर्लाहीको ईश्वरपुरस्थित बयलवास बजारमा आज बिहान सद्भाव र्याली निकालिएको छ ।

ईश्वरपुर नगरपालिका कार्यालयको अगुवाइमा ‘सबै समुदायबिच मेलमिलाप कायम गरौँ’ भन्ने उद्देश्यसहित र्याली निकालिएको हो । उक्त र्यालीमा सर्लाही १ का प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्की, नगरप्रमुख मनोजकुमार आचार्य, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुख, संविधान सभा सदस्य शम्भुलाल श्रेष्ठ, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटा, विभिन्न धार्मिक समुदायका अगुवा, राजनीतिज्ञलगायत सहभागी भएका छन् ।

शुक्रबार प्रदर्शन हुँदा दिउँसोपख केहीबेर अशान्त बनेको बयलवास बजार क्षेत्र अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।