logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

लालबन्दीमा निकालियो सद्भाव र्याली (तस्बीरहरु)


  • उज्यालो अभियान

लालबन्दी, १६ साउन – लालबन्दीमा आज बिहान सद्भाव र्याली निकालिएको छ ।

सुनसरी, सिरहालगायत जिल्लामा उत्पन्न तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित लालबन्दीस्थित महेन्द्र रामजार्गमा र्याली निकालिएको हो । सद्भाव र्यालीमा हिन्दु, मुस्लिम, वौद्धलगायत धर्मका धर्मगुरु, अगुवासहित स्थानीय जनप्रतिनिधि, राजनीतिज्ञ, सुरक्षा अधिकारी, उद्योगी, व्यवसायी, महिला अगुवा र स्थानीय वासिन्दा सहभागी भएका छन् ।

लालबन्दीमा लालबन्दी नगरपालिका-६, जनवादी चोकदेखि लालबन्दी नगरपालिका-७, डुमडुमे मन्दिरसम्म सद्भाव र्याली निकालिएको छ । सद्भाव र्यालीपश्चात डुमडुमे मन्दिर परिसरमा आयोजित कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुख वासुदेव अधिकारीले सबै जातजाति र धर्मका मानिस मिलेर बस्नु लालबन्दीको मुख्य विशेषता रहेको बताए ।

यस्तै कोण सभामा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सबै पक्षको समन्वयका कारण मधेशका अन्य जिल्लाको तुलनामा सर्लाही शान्त नै रहेको भन्दै धन्यवाद् व्यक्त गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । नगरपालिका कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत अन्य सङ्घसंस्थाको आयोजनामा सद्भाव र्याली निकालिएको लालबन्दी नगरपालिका-७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए ।