सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १४ साउन – सर्लाही प्रहरीले भ्रामक सूचना सम्प्रेषण गरी सद्भाव बिगार्ने कार्य नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अपिल जारी गरेको हो । “सर्लाहीमा पनि तनाब : दुई समुदायबिच झडप, ११ मोटरसाइकलमा आगजनी” भन्ने झुठो समाचार केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति सर्लाही प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार बिहीबार साँझसम्म सर्लाहीको अवस्था सामान्य रहेको छ ।
पूर्वका विभिन्न जिल्लाहरुमा भइरहेको प्रदर्शनको प्रभाव सर्लाहीमा समेत पर्नसक्ने आँकलनसहित सुरक्षा निकायले उच्च सतर्कता भने अपनाइरहेका छन् ।