लालबन्दी, ०८ साउन – सर्लाहीमा पनि हिजो ४४ औँ पुष्पलाल स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी निकट पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा लालबन्दी नगरपालिकास्थित परवानीपुर बोहोरेडाँडामा रहेको पुष्पलाल स्मृति पार्कमा पुष्पलालको तस्बिरमा माल्र्यापण तथा विचारविमर्स गर्दै स्मृति दिवस मनाइएको नेकपाकी नेतृ एवं मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीले जानकारी दिइन् ।
पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा प्रतिष्ठानका मधेश प्रदेश अध्यक्ष रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा पुष्पलालको स्मृति दिवस मनाइएको हो ।
यस्तै हरिवन बनबाटिकामा रहेको पुष्पलाल तथा वीपीको संयुक्त स्तम्भमा माल्र्यापण गर्दै स्मृति दिवस मनाइएको नेकपा एमालेका नेता चूडामणि वाग्लेले जानकारी दिए ।