logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

महावीर जनता माविको अध्यक्षमा माधवकुमार सरकार चयन


  • उज्यालो अभियान

हरिपुर, ०७ साउन – सर्लाहीको हरिपुर नगरपालिका २ स्थित हरिपुर बजारमा रहेको महावीर जनता माध्यमिक विद्यालयको अध्यक्षमा माधवकुमार सरकार चयन भएका छन् ।

चैत २९ गतेको अभिभावक भेलाबाट ४ जना अभिभावकलाई व्यवस्थापन समितिको सदस्य मनोनित गरेको थियो । ति चार जना सदस्यमध्ये हिजो बुधबार हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक अमृतलाल मोक्तानको संयोजकत्वमा बसेको बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा माधवकुमार सरकारलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

अन्य तीन जना अभिभावक सदस्यमा गजेन्द्र चौधरी, बबिता राउत चौधरी र मिरावती देवी चौधरी रहेका छन् । त्यस्तै शिक्षक प्रतिनिधिमा सुरेन्द्र साह चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न नेपाल सरकारले पछिल्लो पटक बनाएको नीति अनुसार अभिभावक भेला गरेर व्यवस्थापन समिति गठन गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।