logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

तरकारी बजारको शौचालयमा पुरुष मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी, ०६ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–७, डुमडुमेस्थित थोक तरकारी बजारमा आज दिउँसो एक पुरुष मृत फेला परेका छन् ।

लालबन्दी नगरपालिका–७, कै ४२ वर्षीय उमेश विश्वकर्मा तरकारी बजारको शौचालयमा मृत फेला परेका हुन् । विश्वकर्मालाई शौचालय प्रवेश गर्ने ठाउँमा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले उज्यालो अभियानसँग बताए ।

विश्वकर्माको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । विश्वकर्माको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका छ ।