logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

अपडेट : मलंगवामा टेलिकमको टावरमा चढेका युवक ४ घण्टापछि आफै तल झरे


  • उज्यालो अभियान

मलंगवा, ०३ साउन – मलंगवामा आज बिहान झिसमिसैमा ८० मिटर अग्लो नेपाल टेलिकमको टावरमा चढेका युवक आफै सकुशल तल झरेका छन् ।

टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९, बकैनियाका २४ वर्षीय अफसर आलम हुसैनलाई परिवारका सदस्य र प्रहरीले सम्झाइबुझाइ गरी तल ओराल्न सफल भएका हुन् ।

युवकलाई प्रादेशिक अस्पताल मलंगवामा स्वास्थ्य परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक गणेश पाण्डेले उज्यालो अभियानसँग बताए ।

प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तहमा अध्ययनरत अफसर गाउँकै एक युवतीसँग विवाह गर्न पाऊँ भन्दै टावरमा चढेका हुन् । आमा, बुवा आएपछि मात्र युवक आफै ८० मिटर अग्लो टावरबाट तल झरेका थिए ।