logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

कौडेनाबाट ठुलो परिमाणमा गाँजा बरामद


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

कौडेना, ०२ साउन – प्रहरीले सर्लाहीको कौडेना गाउँपालिका १ सुखचैनाबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

सुखचैना गाउँमा गाँजा बरामदका लागि आज बिहानैदेखि व्यापक मात्रामा प्रहरी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले ठुलो परिमाणमा गाँजा फेला परेपछि प्रहरीले खोजतलास तथा सर्च अभियान जारी राखेको जानकारी दिए ।

डिएसपी गौतमले प्रहरी टोली पुगेर खोजतलास गरिरहेकाले आज बेलुकासम्म विस्तृत विवरण आइसक्ने बताए ।