logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ


  • उज्यालो अभियान

धनकौल, ३० असार – प्रहरीले सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिकहरु शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई पक्राउ गरेको छ ।

किसानको उजुरीको आधारमा प्रहरीले मिलका दुवै मालिकलाई नियन्त्रणमा लिएको हो । मिलले उखुको पैसा लामो समयसम्म पनि नदिएको भन्दै किसान असन्तुष्ट छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले ठगी आरोपमा अन्नपूर्ण मिलका मालिकहरुलाई पक्राउ गरिएको उज्यालो अभियानसँग बताए ।