logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

हरिवनको बजेट ६५ करोड, साक्षर नगर घोषणा


  • उज्यालो अभियान

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख रमेश बुढाथाेकी (कमल) ।

हरिवन, २८ असार – हरिवन नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिमाया घलान ।

१० औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख हरिमाया घलानले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्दै ६५ करोड १८ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । संघीय सरकारकाबाट हस्तान्तरित अनुदान ३९ करोड ५९ लाख, राजस्व बाँडफाँडबाट प्राप्त रकम १६ करोड ४८ लाख ८३ हजार, प्रदेश सरकारबाट हस्तान्तरित अनुदान दुई करोड ७४ लाख र आन्तरिक आय स्रोत सात करोड १० लाख हुने अनुमान गरिएको छ ।

बजेटमा सडक, कृषि, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकता दिइएको छ । बजेट सार्वजनिक कार्यक्रमकै अवसरमा आइतबार नै हरिवन नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले बताए । सामाजिक सुरक्षा भत्ता र शिक्षकहरुकाे तलब भत्ता नसमेटिएकाले याे बजेट केही सानाे देखिएकाे नगर प्रमुख बुढाथाेकीले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालका अनुसार, नगर सभाले कर्मचारीको मनोबल उच्च बनाउँदै सेवाप्रति थप लगनशील बनाउन आगामी आर्थिक वर्षदेखि नगरपालिका मातहत कार्यरत शिक्षक र कर्मचारीको पारिश्रमिक १० प्रतिसतले वृद्धि गर्ने निर्णय पारित गरिएको छ ।

विगत वर्षहरुमा जनप्रतिनिधिबीच बजेट बाँडफाँडका विषयमा विवदका कारण असाेज-कात्तिक तिर मात्र नीति तथा कार्यक्रम एवं बजेट पारित हुने हरिवन नगरपालिकाले याे वर्ष भने असार मसान्त भित्रै सार्वजनिकिकरण गरेकाे छ ।