बलरा, २५ असार – सर्लाहीको बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकरप्रसाद कुशवाहाले पुनः पदबहाली गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको वर्ष पुस ३० गते किशोरीहरुको लागि खेलौना बनाउने तालिममा फर्जी कागजात बनाइ रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि छ महिनादेखि नगरप्रमुखको जिम्मेवारीबाट अलगिएका कुशवाहालाई मंगलबार विशेष अदालतले सफाई दिएपछि पुनः पदबहाली गरेका हुन् ।
अख्तियारले दुई जना जनप्रतिनिधि, तीन जना कर्मचारीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उच्च अदालतले नौ जनालाई नै सफाई दिएको छ ।
पदबहाली गर्दै मेयर कुशवाहाले आफूले कहिले पनि शीर निहुराउन काम नगरेको र अब पनि इमान्दार भएर काम गर्ने बताएका छन् ।