logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीको होटल अनुगमन गर्न आइपुगे मधेशका गृहमन्त्री महतो


  • उज्यालो अभियान

(तस्बीर : रोशन न्यौपाने/उज्यालो अभियान)

लालबन्दी, २३ असार – मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले आज दिउँसो लालबन्दीको होटलहरु अनुगमन गर्न आइपुगेका छन् ।

गृहमन्त्री महतो सर्लाहीकै प्रदेश सांसद पनि हुन् । मन्त्री महतोले स्थानीय प्रशासन, प्रहरी र प्राविधिकसहित जिल्लाकै प्रतिष्ठित र ठूलो लालबन्दी बजारबाट होटलहरुको भान्सामै प्रवेश गरी अनुगमन थालेका हुन् ।

(तस्बीर : रोशन न्यौपाने/उज्यालो अभियान)

मन्त्री महतो आफै सरिक भएर अहिले साँझसम्म पनि लालबन्दीका होटलहरुको अनुगमन गरिरहेका छन् ।

अनुगमनका क्रममा अधिकांश होटलहरुले सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरेको र खाना पकाउने किचेनलाई सरसफाई गर्न फिटिक्कै ध्यान नदिने गरेको पाइएको मन्त्री महतोले उज्यालो अभियानसँग बताएका छन् ।

(तस्बीर : रोशन न्यौपाने/उज्यालो अभियान)