मलंगवा, असार २२ – कानून व्यवसायीहरुको छाता संगठन सर्लाही जिल्ला बार इकाईको अध्यक्षमा तीर्थराज घिमिरे चयन भएका छन् ।
सदरमुकाम मलंगवामा सम्पन्न अधिवेशन अन्तर्गत मतदानबाट रुपेशकुमार मण्डललाई पराजित गर्दै घिमिरे अध्यक्षमा चुनिएका हुन् । यस्तै उपाध्यक्षमा मिथिलेशकुमार सिंह, सचिवमा रमेश प्रसाद न्यौपाने, कोषाध्यक्षमा ब्रजकिशोर पंडित, सदस्यहरुमा शिवराज श्रेष्ठ, रविरन्जन साह, मनोज कुमार, अमृतराज चालिसे र दिलिपकुमार झा रहेका छन् ।
यस्तै पार्सदमा दिलिपकुमार कर्ण, राजेन्द्रप्रसाद प्रसाई र मोहन राय यादव चयन भएका छन् ।
सर्लाही जिल्ला बार इकाईमा सर्लाही जिल्लाभरका कानून व्यवसायी अर्थात् वकिल आवद्ध रहेका छन् ।