logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो


  • उज्यालो अभियान

मलंगवा, १२ असार – सर्लाही सदरमुकाम मलंगवामा आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ ।

दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समिक्षा तथा समापन गरिएको हो । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा जिल्लाका सुरक्षा निकायका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

पब्लिक माध्यमिक विद्यालय मलंगवामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी कर्मचारीले लागुऔषधको सम्वन्धमा सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

पछिल्लो समय समाजमा लागुऔषधको सेवन र ओसारपसार प्रमुख चूनौतिको रुपमा देखा परिरहेको छ ।