हरिवन, १२ असार – इलाका प्रशासन कार्यालय हरिवनले लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेकाे छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख शिवशंकर महताेकाे अध्यक्षता एवं हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथाेकी (रमेश) काे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसका प्रमुख हरि मैनाली, महादेव जनता माविका प्रधानाध्यापक गिरीराज राना, समाजसेवी राजकुमार थापा, भरत कुमार कार्की लगायत विभिन्न समाजिक व्यक्तित्वहरुकाे आतिथ्यता रहेकाे थियाे ।
विहिबार बिहान प्रभातफेरी पश्चात इलाका प्रशासन कार्यालयमा लागुऔषध नियन्त्रणका सम्बन्धमा अन्तरक्रिया एवं छलफल गरिएकाे थियाे । छलफलले लागुऔषध नियन्त्रणका सम्बन्धमा महिनाकाे कम्तिमा २ पटक माध्यमिक विद्यालय एवं क्याम्पसहरुमा सराेकारवालाहरुकाे उपस्थितीमा अनुशिक्षण कार्यक्रम गर्ने लगायत ३ बुँदे निर्णय गरेकाे इलाका प्रशासन कार्यालयका प्रमुख महताेले जानकारी दिए ।