logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी ११ मा निःशुल्क एकीकृत स्वास्थ्य घुम्ती शिविर सम्पन्न, ४३१ जनाले सेवा लिए


  • उज्यालो अभियान

लालबन्दी, ११ असार – सर्लाहीको लालबन्दी नगरपालिका ११ का तीन ठाउँमा निःशुल्क एकीकृत स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ ।

लालबन्दी ११ नं. वडा कार्यालयको चालू आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत कार्यक्रमबाट घुम्ती स्वास्थ्य शिविर संचालन गरी ३०२ जना महिला र १२९ जना पुरुष गरी जम्मा ४३१ जनालाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधि प्रदान गरिएको हो । असार ८ गते जिम्बा टोल सेतीभीरमा १२० जना, असार ९ गते नयाँ टोलमा १०६ जना र असार १० गते मण्डल टोलमा २०५ जनालाई सेवा प्रदान गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र लालबन्दी ११ हिरापुरका इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत राजकुमार सिंहले जानकारी दिए ।

उहाँका अनुसार घुम्ती स्वास्थ्य शिविरमा ३८ जनाको खकार जाँचको नमूना संकलन, १८३ जनाको सुगर जाँच, ४२ जनाको मलेरिया जाँच, १४ जनाको यूपिटी र एचआईभी जाँच निःशुल्क गरिएको छ ।

उक्त स्वास्थ्य शिविरको असार १० गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेल, स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी, सुरेन्द्र खतिवडा, नर्सिङ शाखाका तुलसा पोखरेललगायत भएर निरीक्षण गरेका छन् ।