हरिवन, १० असार – सर्लाहीको हरिवनमा रहेको नेपाल बैंक लिमिटेडले नयाँ ठाउँमा सरेर सेवा प्रदान गर्न सुरु गरेको छ ।
यसअघि हरिवन नगरपालिका ११ स्थित राजमार्ग दक्षिण सम्राट होटल नजिकै रहेको बैंक अहिले भने हरिवन ११ कै पुरानो मालपोत कार्यालय अगाडि सरेको हो । सहज ढंगले सेवा प्रवाह गर्ने उद्देश्यसहित नयाँ र फराकिलो घर भाडामा लिएर सेवा सुरु गरिएको नेपाल बैंक लिमिटेड हरिवन शाखाका प्रवन्धक गोविन्द त्रिपाठीले जानकारी दिए ।
यसअघि बैंक रहेको घर अत्यन्त साँघुरो रहँदा सेवा प्रवाहमा अप्ठेरो परिरहेको र अब हाइवे विस्तारका क्रममा बैंक रहेको घरसमेत भेट्ने भएपछि त्यहाँबाट सरेर फराकिलो र व्यवस्थित घरमा सरिएको बैंकका ब्रान्च म्यानेजर त्रिपाठीको भनाइ छ ।