(तस्बीर : प्रकाश मैनाली)
लालबन्दी, ०९ असार – सर्लाहीको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्व ४७ करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।
आज आरम्भ नगरसभाको १६ औँ अधिवेशनमा नगरउपप्रमुख कल्पनामाया पाख्रिनले एक अर्व ४७ करोड ९७ लाख ९९ हजार ३७० रुपियाँ बराबरको बजेट प्रस्तुत गरिन् । यो बजेट अहिलेका जनप्रतिनिधिको अन्तिम बजेट हो ।
लालबन्दी नगरपालिकाले १७ वटा वडालाई ९७ लाखदेखि एक करोड ४५ लाख रुपियाँसम्म बजेट विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु, आर्थिक विकास, सामाजिक विकासलगायतलाई प्राथमिकता दिएर बजेट तयार पारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले जानकारी दिए ।
सर्लाहीमा अहिले स्थानीय तहहरु धमाधम बजेट प्रस्तुत गर्ने कार्यमा व्यस्त छन् ।
पालिकाहरुले भोली असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट गाउँ एवं नगर सभामा पेश गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।