logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरको १७ औँ नगरसभा प्रारम्भ


  • उज्यालो अभियान

(तस्बीर : प्रकाश मैनाल)

हरिपुर, ०७ असार – सर्लाहीको हरिपुर नगरपालिकाको १७ औँ नगरसभा आजदेखि सुरु भएको छ ।
नगर सभामा नगरप्रमुख गोपाल पजियारले ५८ करोड १४ लाख ४९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । नगर सभामा संविधान सभा सदस्य रामचन्द्र चौधरी, रन्जना सरकारलगायतको पनि आतिथ्यता रहेको थियो ।

संवैधानिक व्यवस्था अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार सर्लाहीका अन्य स्थानीय तह पनि बजेटको अन्तिम तयारीमा छन् ।

हरिपुर्वा नगरपालिकाले त गत शुक्रबार नै नगरसभा सुरु गरिसकेको छ ।