logo
  • शनिबार, साउन ९, २०८३ / Saturday, Jul, 25 ,2026

सर्लाहीमा गाेलभेँडा प्रशाेधन केन्द्र र स्मार्ट भूमिगत सिँचाइ


  • उज्यालो अभियान

अन्यत्र निकासीका लागि लालबन्दी बजारमा क्रेटमा गोलभेँडा हालिँदै । (फाइल तस्बिर : उज्यालो अभियान)

हरिवन, १६ जेठ – अर्थ मन्त्री स्वर्णीम वाग्लेले शुक्रबार संसदमा २०८३/०८४ का लागि बजेट प्रस्तुत गरेका छन् ।

बजेटमा सर्लाहीमा गोलभेंडा प्रशोधन केन्द्र स्थापना गर्ने घाेषणा गरिएकाे छ । मुलुकमै सबैभन्दा बढी गाेलभेँडा उत्पादन हुने सर्लाहीमा प्रशाेधन केन्द्र स्थापना भए किसानहरुलाई निकै लाभ पुग्ने जानकारहरु बताउँछन् । टिपेकाे लागत समेत नआउने गरी उचित मुल्य नपाउँदा किसानहरुले कतिपय अपस्थामा खेतमै गाेलभेँडा छाड्न बाध्य हुने गरेका छन् ।

त्यस्तै सतह सिंचाइको सेवा नपुगेका तराई-मधेशका थप ३ हजार ९ सय ८० हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिँचाइ सुविधा पुऱ्याउन रू. १ अर्ब ८३ करोड विनियोजन गरेको बजेट घाेषणामा उल्लेख छ । जसअन्तर्गत सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिँचाइ सुविधा पुऱ्याउन आवश्यक रकम व्यवस्था गरेकाे अर्थ मन्त्री वाग्लेले बजेट घाेषणामा भनेका छन् ।