बरहथवा, १२ बैशाख – सर्लाहीको बरहथवा बजार क्षेत्रमा अवैध रुपमा सञ्चालित पाँचवटा स्वास्थ्य संस्था बन्द गराइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको अनुगमन टोलीले दर्ता नै नरहेको पाइएपछि पाँचवटा स्वास्थ्य संस्था सिल गरेको हो । कुनै निकायमा दर्ता नै नरहेका आयुष्मान हेल्थ केयर, सगरमाथा ल्याब, युनिक अस्पताल, जनसेवा ल्याब र स्माइल सरोकार डेन्टल बन्द गराएको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।
अनुगमन टोलीले दर्ता रहे पनि मापदण्ड मिचेको पाइएपछि अन्य चारवटा स्वास्थ्य संस्थालाई सचेत गराएको छ । सहायक प्रजिअ घिमिरे नेतृत्वको अनुगमन टोलीले यसअघि बिहीबार मात्र सदरमुकाम मलङ्गवामा अवैध रुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था बन्द गराएको थियो ।