हरिवन, ११ बैशाख – सर्लाहीको हरिवन बजारमा आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले अनुगमन गरेको छ ।
उद्योग वाणिज्य संघ हरिवनसँग समन्वय गरी खाद्य प्रविधि कार्यालय मलंगवाको टोलीले बजार अनुगमन गरेको हो । त्यसक्रममा व्यवसायीलाई पसलमा मुल्य सूची अनिवार्य राख्न र म्याद गुज्रिएको समान बिक्री नगर्न सचेत गराइएको छ ।
आज पहिलो पटक व्यवसायीलाई सचेत गराउने काम गरिएको र त्यसका लागि कार्यालयले गरेको आग्रह अनुसार उद्योग वाणिज्य संघ हरिवनले समन्वय गरिदिएको अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए ।