logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा खुशी प्रवर्द्धन कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

हरिवन, १० वैशाख – हरिवन नगरपालिका वडा नम्बर ८ काे स्वास्थ्य चाैकीमा खुशी प्रवर्द्धन कार्यक्रम सम्पन्न भएकाे छ ।

मानसिक स्वास्थ्य, आत्महत्या तथा लागूपदार्थ न्यूनिकरण एवं जीवनलाई कसरी खुशीसाथ जिउनेबारेमा बुधबार बिहान स्वास्थ्य चाैकीकाे सभाहलमा कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा हरिवनस्थित राजनैतिक, सामाजिक क्षेत्रका व्यक्तित्वसहित स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी लगायतकाे सहभागिता रहेकाे थियाे ।

स्वास्थ्य चाैकी सञ्चालन तथा व्यवस्थापन समिति एवं हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगानाकाे अध्यक्ष्ता एवं हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथाेकी (रमेश) काे प्रमुख आतिथ्यता, नगर उप प्रमुख हरिमाया घलानकाे विशिष्ट आतिथ्यतामा खुशी प्रवर्द्धन सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएकाे स्वास्थ्य चाैकी प्रमुख श्याम विनाेेद कुशवाहाले जानकारी दिए । हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चाैधरीका अनुसार कार्यक्रममा मनाेचिकित्सक एवं हरिवन घर भई हाल लालबन्दी नगर अस्पतालका प्रमुख डा. चन्दन चाैधरी, मनाेविद एवं सम्मान नेपालका अध्यक्ष पद्मप्रसाद घिमिरे, शिक्षाविद् एवं पाेखरा विश्व विद्यालयका पूर्व उपकुलपति डा. खगेन्द्र भट्टराई, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपाेखरीका क्याम्पस प्रमुख डा. हरिलाल मैनाली, महादेव जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरीराज राना, पूर्व प्रधानाध्यापकहरू कृष्णप्रसाद भट्टराई, जयशंकर सिंह लगायत विभिन्न व्यक्तित्वहरुले खुशी प्रवर्द्धनबारेमा धारणा राखेका थिए