अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा सहभागीहरु । (तस्बीर : उज्यालो अभियान)
अनिता देवकोटा/लालबन्दी , ०९ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीलाई पर्सी शुक्रबार मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिने भएको छ ।
वडाभित्र मर्यादित महिनावारीका सम्पूर्ण सूचक पूरा भएसँगै लालबन्दी नगरपालिका, वडा कार्यालय, राधा पौडेल फाउण्डेशन र बाल संरक्षण संस्थाको सहकार्यमा मर्यादित महिनावारी मैत्री वडा घोषणा गरिने भएको हो । जब्दीलाई नेपालकै पहिलो मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न लागिएको आयोजकले दाबी गरेको छ ।
आज लालबन्दीमा आयोजित अन्तरक्रिया तथा पत्रकार सम्मेलन कार्यक्रममा बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले निरन्तर सचेतनामूलक कार्यक्रम संचालन गरी जब्दीलाई मर्यादित महिनावारीमैत्री वडा घोषणा गर्न लागिएको जानकारी गराएकी छन् । अन्तरक्रियामा सहभागीले महिनावारीलाई प्राकृतिक प्रक्रिया ठानेर अघि बढ्दै कुनै प्रकारको विभेद र छुवाछुत नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सहभागी बाल क्लब, महिला समूह, सञ्चारकर्मी, शिक्षक, स्वास्थ्यकर्मीलगायतले पछिल्लो समय महिनावारीबारे खुलेर बोल्ने र विभेद नगर्ने परिपाटी बस्दै जान थालेको बताएका छन् । सहभागीले महिनावारी भएको समयमा फोहोर कपडाको ठाउँमा बहुसंख्यक महिलाले स्यानेटरी प्याड प्रयोग गर्न थाल्नु पनि सकारात्मक पक्ष रहेको बताएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि एवं मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले महिनावारी भएको समयमा छुइछिटो गर्ने र बार्ने चलन कायमै रहेकाले यसलाई अन्त्य गर्दै अघि बढनुपर्नेमा जोड दिएकी छन् लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले देशभरमै पहिलो वडाको रुपमा आफ्नो वडालाई मर्यादित महिनावारी मैत्री वडा घोषणा गर्न पाउँदा खुसी लागेको बताए ।
मर्यादित महिनावारीलाई प्रोत्साहन गर्न बाल संरक्षण संस्थाले राधा पौडेल फाउण्डेसनसँग समन्वय गरी लालबन्दी ३, ९ र १० मा नियमित कार्यक्रम संचालन गर्दै आइरहेको छ ।