logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

कांग्रेस सर्लाहीका निवर्तमान सभापति सिंह र नेता साह धरौटीमा रिहा


  • उज्यालो अभियान

मलंगवा, ०९ बैशाख – नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंह र नेता गजेन्द्र साहलाई सर्लाही जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

गएको वर्ष बसबरियामा भएको विवादको घटनालाई लिएर सिंह, साहसहित १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको थियो । आफै अदालतमा उपस्थित भएका सिंहलाई एक लाख र साहलाई १० हजार रुपैयाँ धरौटी लिएर अदालतले हिरासतमुक्त गरेको हो ।

कांग्रेस नेता साहले आफूहरु निर्दोष हुँदाहुँदै राजनीतिक प्रतिसोध साँधेर प्रतिवादी बनाई पक्राउ पुर्जी जारी गरिएको गुनासो गरेका छन् ।