हरिवन, ०६ वैशाख – चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस हरिवन सुखेपाेखरीमा पूर्व विद्यार्थीहरूको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामशरण उप्रेतीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति तथा स्ववियुद्वारा नव निर्वाचित सांसद नरेन्द्र शाहलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पस अनुगमन समितिका संयोजक चुडमणी वाग्ले, काेषाध्यक्ष विदुर प्याकुरेल, क्याम्पस प्रमुख हरिलाल मैनाली लगायतले शुभकामाना मन्तव्य राखेका थिए ।
त्यस्तै क्याम्पसको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले “पूर्व विद्यार्थी समाज” गठन गरिएको छ । पूर्व विद्यार्थीहरुकाे भेलाले सर्वसम्मत रूपमा संयोजकमा अच्युतम् सापकोटा र सह संयोजकमा अर्चना काफ्ले लुइटेलसहित ११ जनाको नयाँ कार्यसमिति चयन गरिएको क्याम्पस प्रमुख हरिलाल मैनालीले जानकारी दिए । कार्यक्रममा पुर्व विद्यार्थीहरुले गजल, मुक्तक र कविता लगायत प्रस्तुति दिएका थिए ।