logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको विभिन्न भेगमा हावाहुरीसहित सामान्य वर्षा, मकै भिजेपछि किसान चिन्तित


  • उज्यालो अभियान

लालबन्दी, ०५ बैशाख – सर्लाहीको विभिन्न भेगमा आज साँझपख हावाहुरीसहित सामान्य वर्षा भएको छ ।

साँझ ५ बजेपछि जिल्लाको लालबन्दी, रानिगन्ज, परवानीपुर, घारिबथान, बयलवास, चन्द्रनगर, हरिपुर्वालगायत क्षेत्रमा केहीबेर पानी परेको हो । चर्को गर्मी भइरहेकोमा पानी परेपछि यस क्षेत्रका स्थानीयले केही मात्रामा शित्तलताको महसुस गरेका छन् । तर एक्कासी पानी परेपछि खेतबाट भाँचेर घर, आँगनमा ल्याएर सुकाएको मकै भिज्दा किसान भने चिन्तित बनेका छन् ।

जिल्लाका किसानलाई अहिले हाइब्रिड मकै भाँचेर थन्काउने चटारो छ । बागमती, बरहथवा, हजरियालगायत क्षेत्रका धेरै किसानले भने मकै भाच्न नै बाँकी रहेको छ । तर अहिले धमाधम मकै भाँचेका लालबन्दी, जियाजोर, परवानीपुर, घारिबथान, बबरगन्जलगायत क्षेत्रमा पानी परेर मकै भिजेको हाम्रा संवाददाताले जनाएका छन् ।

पानी नपरेको क्षेत्रमा पनि धुम्म भएर मौसम बदली भएर स्थानीयले बताएका छन् ।