लालबन्दी, २८ चैत – सर्लाहीको लालबन्दीमा आज नेपाल रेडक्रस सोसाइटीको १८ औँ उपशाखा सभा (साधारण सभा) सम्पन्न भएको छ ।
उपशाखा सभापति ध्रुवप्रसाद घिमिरेको अध्यक्षता, नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यता र समाजसेवी प्रल्हाद बुढाथोकी तथा लायन्स क्लबका भरतप्रसाद ढुंगेलको विशिष्ठ आतिथ्यतामा उपशाखा सभा सम्पन्न गरिएको हो ।
लालबन्दी ५ स्थित जरुवा पानीमा रहेको रेडक्रस उपशाखाकै भवनमा जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, लायन्स क्लबका पदाधिकारीलगायतको उपस्थितिमा साधारण सभा सम्पन्न गरिएको सचिव भरतप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रसको नीति अनुसार अब बैशाखदेखि लालबन्दी उपशाखा लालबन्दी नगरपालिकास्तरीय रेडक्रस समिति हुने छ ।
रेडक्रसले संचालन गरेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई भर्खरै लायन्स क्लबले २ करोड २२ लाख बराबरको उपरकण प्रदान गरेसँगै अब स्तरोन्नति गरेर आँखा अस्पतालको रुपमा संचालन गर्ने तयारी भइरहेको छ ।