लालबन्दी, २६ चैत – सर्लाहीको मौसम अपरान्हबाट पुनः बदली भएको छ ।
यहाँ रातिदेखि बिहानसम्म ठुलो पानी परेकोमा त्यसपछि घाम लागेको थियो । तर अघि अपरान्हबाट पुनः मौसम बदली भएर सामान्य हावाहुरी चल्दै पुनः पानी पर्लाजस्तो भई मौसम बदली भएको हो ।
यो वर्ष चैतमा निरन्तरजसो पानी परिरहँदा सर्वसाधारण अचम्मित भएका छन् । पानीले गहुँ बाली भित्याइरहेका किसान र तरकारी खेती गरेका किसानले नोक्सानी बेहोरिरहेका छन् ।
तर अन्य बालीनालीलाई भने फाइदा नै गरेको किसानको भनाइ छ ।
खडेरी जाने समयमा पानी परिरहँदा धुलो, धुँवाको प्रदुषण कम भएको छ भने वन क्षेत्रमा लागेको डढेलो निभेर घाँस तथा रुख, बिरुवाका पालुवा चाँडै पलाएका छन् ।