logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आगलागीबाट गोठ जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

हरिवन, २३ चैत – सर्लाहीको हरिवन नगरपालिका ९ पानी ट्याङकी नजिक गएराति आगलागी हुँदा एउटा गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय कर्ण श्रेष्ठको गोठ खरानी भएको हो । आगलागी गाउँलेहरु भएर नियन्त्रणमा लिएका थिए ।

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेर क्षतिग्रस्त पारिएको हरिवन नगरपालिकाको दमकल नहुँदा आगो निभाउन निकै सकस परेको स्थानीयले बताएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।