logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२७ जना उद्यमी महिलालाई तालिम प्रदान


  • उज्यालो अभियान

लालबन्दी, १९ चैत – सर्लाहीको लालबन्दी नगरपालिका १० चन्द्रपुरमा २७ जना उद्यमी महिलालाई क्षमताविकास तथा बोल्ने कलाको विकास गर्न तालिम प्रदान गरिएको छ ।

लालबन्दी नगरपालिकाको सहयोगमा सगरमाथा नेपाल नामक संस्थाले उद्यमी महिलालाई क्षमता विकाससँगै संचारका भूमिका, दायित्वलगायतबारे तालिम प्रदान गरेको हो । सहभागीलाई सगरमाथा नेपालका अध्यक्ष रोहितप्रसाद पौडेल र विनोदकुमार विश्वकर्मा (क्षितिज) ले तालिम प्रदान गरेका संस्थाका सचिव समिर सुवेदीले जानकारी दिए ।

यस्तै उद्यमी महिलालाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिकाको सहयोगमा बैंकिङ कारोबार सम्वन्धी तालिम प्रदान गरिएको छ ।

तालिममा सहभागी सत्रपत्री लघु उद्यमी समूह र गुराँस लघु उद्यमी समूहका महिलालाई माच्छापुच्छे« बैंक लालबन्दी शाखाका ऋण अधिकृत लेखराज बरालले बैंकबाट ऋण लिन जुटाउनुपर्ने कागजात, बैंकले प्रदान गर्ने सेवा सुविधा, सुरक्षित बैंकिङ कारोबारलगायतबारे वडाध्यक्ष टोपबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित सचेतनामूलक कार्यक्रममार्फत अभिमुखीकरण प्रदान गरेका हुन् ।