लालबन्दी, १३ चैत – सर्लाहीको लालबन्दी नगरपालिका ९ मा प्यारालाइसिसबाट थलिएका एक विपन्न व्यक्तिलाई आज ह्वील चेयर प्रदान गरिएको छ ।
आर्थिक अवस्थासमेत कमजोर रहेका लालबन्दी ९ निवासी श्यामबहादुर कसाईलाई १ थान ह्वील चेयर उपलब्ध गराइएको वडा सदस्य विनोद तिमलसिनाले जानकारी दिए । कसाईलाई वडा सदस्य तिमलसिनाकै पहलमा शुक्रराज ट्रपिकल सेन्टर टेकु काठमाडौंले ह्वील चेयर उपलब्ध गराएको हो ।
उक्त ह्वील चेयर आज बिहान लालबन्दी ९ का वडाध्यक्ष नारायण अधिकारी र वडा सदस्यहरुले कसाईको घरमै पुगेर हस्तान्तरण गरेका हुन् ।
कसाईलाई २५ केजीको एक बोरा चामलसमेत सहयोग गरिएको छ ।