logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सांसदको नेतृत्वमा पोखरी सरसफाई


  • उज्यालो अभियान

मलंगवा, ०९ चैत – सर्लाही सदरमुकाम मलंगवामा आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवीन महतोसहितको उपस्थितिमा पोखरी सरसफाई गरिएको छ ।

क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महतो, स्थानीय जनप्रतिनिधि र युवाहरुको सहभागितामा मलंगवा नगरपालिका २ स्थित झण्डा बजार नजिक रहेको पोखरीमा सरसफाई गरिएको हो ।

चैती छठ पर्वलाई मध्यनजर गरी पोखरीको डिल वरपर सरसफाई गरिएको मलंगवा २ का वडाध्यक्ष धिरेन्द्र साहले जानकारी दिए ।