logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अमरेशको दिनचर्या : दलित बस्तीमा खाना, दिनभर मतदातालाई धन्यवाद् दिने चटारो


  • उज्यालो अभियान

बलरा, ०९ चैत – सर्लाही क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले मतदातासँगको भेटघाट कार्यक्रमलाई फरक ढंगले अघि बढाएका छन् ।

विगत चार दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा रहेका सिंहले दलित बस्तीलाई केन्द्रीत गरेर धन्यवाद् ज्ञापनको कार्यक्रम अघि बढाएका हुन् । सिंहले दलित बस्तीमा पुगेर दलितसँगै बस्ने र उनीहरुकै घरमा खाजा, खाना खाने गरिरहेका छन् ।

दलित समुदायले स्वतस्फूर्त रुपमा स्वागत र खाजा, खानाको प्रवन्ध मिलाएका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सिंहले बताए । दलित समुदायलाई प्रोत्साहन गर्ने र उनीहरुका समस्या तथा माग अब बन्ने सरकारसमक्ष पुर्याएर समाधान गर्ने उद्देश्यसहित आफू दलितकै घरमा पुगेर खाजा, खाने गरिरहेको सिंहको भनाइ छ ।

सिंह फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतले पराजित गर्दै चौंथो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका सिंहले ३५ हजार ६८८ मत ल्याइ निर्वाचित हुँदा कांग्रेस सभापति थापा २२ हजार ८३१ मतमा खुम्चनुपरेको थियो ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सिंह निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा आएर मतदातालाई धन्यवाद् दिन ब्यस्त रहँदा कांग्रेस सभापति थापा पनि सर्लाही ४ मा आएर चुनावी समिक्षा र मतदातालाई धन्यवाद् दिने कार्यक्रममा सरिक हुने तयारी गरेका छन् ।

सभापति थापा केही दिनमै सर्लाही ४ मा आउने कार्यक्रम रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।