logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मौसम प्रतिकुल बनेपछि लालबन्दी महोत्सवमा आज दुर्गेस थापा नआउने


  • उज्यालो अभियान

लालबन्दी, ०७ चैत – मौसम प्रतिकुल बनेपछि लालबन्दीमा जारी तेस्रो लालबन्दी महोत्सवमा आज गायक दुर्गेस थापाको प्रस्तुत स्थगित भएको छ ।

आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले सूचना जारी गर्दै मौसम प्रतिकूल बनेकाले गायक थापा नआउने भएका जानकारी दिएको हो । थापा नआउने भएपछि गायक कर्णराज गिरी, बलराम सरकारलगायतको प्रस्तुति रहने महोत्सवका संयोजक दीपेन्द्रकुमार बलम्पाकीले जारी गरेको सूचनामा उल्लेख छ ।

चैत ४ गतेदेखि लालबन्दी नगरपालिका ९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग परिसरमा आयोजित महोत्सव हिजोको हावाहुरी र त्यसपछि निरन्तर पानी परिरहँदा प्रभावित बनेको छ ।