हरिवन, ०६ चैत – नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ पराजित भएपछि पनि सर्लाही क्षेत्र नं. ३ मा नेता, कार्यकर्तासँग भेटघाट र छलफलमा ब्यस्त रहेका छन् ।
श्रेष्ठले हिजो सर्लाही निर्वाचन क्षेत्र नं. ३ को चुनावी परिचालन समितिले राखेको बैठकलाई सम्वोधन गरेका हुन् । उनी केही दिनदेखि बागमती, बरहथवालगायत क्षेत्र नं. ३ का विभिन्न स्थानमा भेटघाट, छलफलमा रहेका पार्टीका नेताहरुले बताएका छन् ।
श्रेष्ठ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारसँग ३३ हजार ५५२ मतान्तरले पराजित भएका थिए ।
साह ४६ हजार ८९० मत प्राप्त गरी निर्वाचित हुँदा श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका थिए ।