लालबन्दी, ०५ चैत – सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गमा आज ‘ग्लोबल मनी वीक्स’ का अवसरमा प्रभातफेरि गरिएको छ ।
लालबन्दी बैंकर्स ग्रुपको आयोजनामा लालबन्दी बजार क्षेत्रमा प्रभातफेरि र्याली निकालिएको हो । डुमडुमे मन्दिर अगाडिदेखि जनवादी चोकसम्म सुरक्षित बैंकिङ कारोबारसम्वन्धी सचेतनामूलक नारा लेखिएको प्ले कार्डसहित प्रभातफेरि गरिएको एनएमबि बैंक लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।
प्रभातफेरिमा लालबन्दी नगरपालिकाभित्रका विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख, प्रतिनिधि र कर्मचारी सहभागी भएका थिए ।
ग्लोबल मनी वीक्सका अवसरमा जिल्लाका अन्य स्थानमा पनि बैंक तथा वित्तीय संस्थाले सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।