logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एक सातादेखि मौसम धुम्मिँदासमेत पानी पर्न सकेन


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ३० फागुन – सर्लाहीमा विगत एक सातादेखि निरन्तर मौसम धुम्मिए पनि पानी पर्न सकेको छैन् ।

यहाँ गएसाँझपख समेत मेघगर्जन भएर मौसम बदली भएर थियो । तर पानी नपरी टरेको छ । आज पनि बिहानैदेखि पानी पर्ला जस्तो भई मौसम धुम्मिरहेको छ ।

यहाँ यसरी एक हप्तादेखि घाम नलागेर यसैगरी मौसम धुम्मिरहेको छ । बिहीबार साँझपख जिल्लाको चुरेवर्ती केही क्षेत्रमा पानी परेपनि अन्यत्र भने पानी पर्न सकेको छैन् । यसैबिच, हिजो बेलुकी कास्की, लमजुङ, तनहुँ, चितवन, इलाम, संखुवासभा लगायतका ठाउँमा ठूलो पानी परेको छ । केही ठाउँमा हावाहुरी, असिना र चट्याङसहित पानी परेको हो । मौसम पूर्वानुमानमहाशाखाका अनुसार गण्डकी प्रदेशदेखि पूर्वका विभिन्न ठाउँमा पानी परेको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत अरु प्रदेशका हिमाली भूभागका थोरै ठाउँ तथा कोशी प्रदेशको तराईलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै केही दिन मौसम बदली हुने र पानी पर्ने सम्भावना छ ।

यसैबीच हिजो बेलुकीको वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । तुइनखोला लगायतका ठाउँमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो ।
अहिले निर्वाध रुपमा गाडी चलिरहेको चितवन प्रहरीले जनाएको छ ।